समाज


कुलेखानी-हुमाने हुँदै काठमाडौँ निस्कने सडक अनिश्चितकालका लागि बन्द

कुलेखानी-हुमाने हुँदै काठमाडौँ निस्कने सडक अनिश्चितकालका लागि बन्द

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०८१ शुक्रबार १०:३५, काठमाडौँ

हेटौँडाबाट कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौँ निस्कने सडक आजदेखि बन्द भएको छ। 

सडकको स्तरोन्नतिको लागि अर्को सूचना जारी नभएसम्म यो सडकबाट यातायात सञ्चालन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

जिप्रका मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले यो सडक हुँदै यात्रा गर्नेलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरे।

कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ र बीपी राजमार्गलाई यो सडकको विकल्पकाे रुपमा प्रयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ। 

काठमाडाैँबाट हेटाैँडा निस्कने छाेटाे दुरीकाे याे सडक स्तराेन्नतीकाे लागि भन्दै पटक पटक बन्द गरिँदै आइएकाे छ। यसअघि याे सडककाे विकल्पकाे रुपमा रहेकाे हेटाैँडा-कुलेखानी-सिस्नेरी-फर्पिङ सडक पनि स्तराेन्नतीकाे लागि बन्द गरिएकाे थियाे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad