ग्लोबल


आम आदमी पार्टीप्रति मोदीको टिप्पणीः भ्रष्टाचार अन्त्य गर्न जन्मिएको पार्टी आफैँ भ्रष्ट भयो

आम आदमी पार्टीप्रति मोदीको टिप्पणीः भ्रष्टाचार अन्त्य गर्न जन्मिएको पार्टी आफैँ भ्रष्ट भयो

नेपालखबर
माघ २६, २०८१ शनिबार २०:१५, काठमाडौँ

२७ वर्षपछि दिल्ली विधानसभा चुनावमा आफ्नो दल भारतीय जनता पार्टी (भाजपा) ले बहुमत ल्याएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदील अरविन्द केजरीवाल र उनको दल आम आदमी पार्टीलाई कटाक्ष गरेका छन्।

प्रधानमन्त्री मोदीले भ्रष्टाचार अन्त्य गर्छु भनेर उदाएको आम आदमी पार्टी आफैँ भ्रष्टाचारको दलदलमा फसेको टिप्पणी गरेका हुन्। 

उनले भने, ‘भ्रष्टाचार अन्त्य गर्ने मुद्दा लिएर जन्मिएको पार्टी आफैँ भ्रष्ट साबित भयो। यो दिल्लीका लागि विश्वासघात थियो। मदिरा घोटालाले दिल्लीलाई बदनाम गर्‍यो। त्यसमाथि तिनीहरू यति अहंकारी थिए कि जब संसार कोरोनासँग जुधिरहेको थियो, तिनीहरूले काँचको महल बनाइरहेका थिए। तर अब दिल्लीको जनादेश आएको छ।’

मोदीले थपे, ‘म ग्यारेन्टी दिन्छु कि क्यागको प्रतिवेदन पहिलो सत्रमै प्रस्तुत गरिनेछ। भ्रष्टाचारको छानबिन गरिनेछ र जसले लुटपाट गरेको छ उसले फिर्ता गर्नुपर्नेछ। यो मोदीको ग्यारेन्टी हो।’

प्रधानमन्त्री मोदीले भारतीय कंग्रेसविरुद्ध पनि टिप्पणी गरे। 

प्रधानमन्त्री मोदीले भने, ‘जनताले कंग्रेसलाई पनि कडा सन्देश दिएका छन्। कंग्रेसले दिल्ली चुनावमा शून्यको दोहोरो ह्याट्रिक गरेको छ। देशको सबैभन्दा पुरानो पार्टीले पछिल्लो ६ पटकदेखि देशको राजधानीमा आफ्नो खाता खोल्न सकेको छैन। उनीहरू आफैँलाई हारको स्वर्ण पदक दिइरहेका छन्।’

उनले थपे, ‘सत्य के हो भने मानिसहरूले कंग्रेसलाई विश्वास गर्दैनन्। कंग्रेसले आफूलाई मात्र डुबाउँदैन, यसले आफ्ना सहयोगीहरूलाई पनि डुबाउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad