ग्लोबल


साता दिनमै ७ हजार भूकम्पको धक्कापछि सान्टोरिनीमा संकटकाल

साता दिनमै ७ हजार भूकम्पको धक्कापछि सान्टोरिनीमा संकटकाल

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १९:१२,

एक सातामा ७ हजार ७ सयभन्दा धेरै भूकम्पको धक्कापछि ग्रिसेली टापु सान्टोरिनीमा संकटकाल घोषणा गरिएको छ। 

सघन भौगर्भिक हलचलका कारण सो टापुमा त्रास पैदा भएको छ।

हालसम्म गएका हजारौँ धक्कामध्ये सबैभन्दा ठूलो ५.२ म्याग्निच्युटको रहेको बताइएको छ।

मेयर निकोस जोर्जोसले स्थितिलाई काबुमा राख्न संकटकाल घोषणा गरिएको बताएका छन्। संकटकाल घोषणापछि सेनाले संकट व्यवस्थापनमा भूमिका खेल्ने छ। 

यो टापुमा गत वर्ष ३५ लाख पर्यटक आएका थिए। तर, अहिले यहाँका थुप्रै स्थानीय समेत त्यहाँबाट बाहिरिएका छन्।

टापुमा आपतकालीन सेवाका लागि आवश्यक सामग्रीहरूको जोहो गरिँदै छ।

विज्ञहरूले खतरा नटरेको बताएका छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad