मेक्सिकोपछि अमेरिकाले क्यानडालाई पनि भन्सार महसुल लगाउने निर्णय ३० दिनका लागि स्थगन गरेको छ।
क्यानडाले फेन्टानिलजस्ता अवैध लागुऔषध अमेरिका प्रवेश गर्नबाट रोक्न कदम चालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० दिनका लागि शुल्क रोक्ने निर्णय गरेका हुन्।
"क्यानडाले संयुक्त राज्य अमेरिकासँगको आफ्नो उत्तरी सिमाना सुरक्षित रहने कुरा सुनिश्चित गरेको छ," ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा लेखेका छन्।
क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडा-अमेरिका सीमाको निगरानी गर्न र लागुऔषध कार्टेलविरुद्ध कारबाही गर्न एक अधिकारी नियुक्त गरेका छन्।
दुई दिनअघि ट्रम्पले मेक्सिको र क्यानडामा २५-२५ प्रतिशत र चीनमा १० प्रतिशतको भन्सार शुल्क घोषणा गरेका थिए।
426
Shares

प्रतिक्रिया