ग्लोबल


अमेरिकामा फेरि विमान दुर्घटना (भिडिओ)

अमेरिकामा फेरि विमान दुर्घटना (भिडिओ)

दुर्घटनास्थलमा देखिएको आगो र धुवाँ


नेपालखबर
माघ १९, २०८१ शनिबार ७:५९, काठमाडौँ

अमेरिकामा फेरि विमान दुर्घटना भएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एअर एम्बुलेन्स दुर्घटना भएको हो।

जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ। विमानमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका अभिभावक थिए। 

मेयर चेरेल पार्करका अनुसार मृत्यु हुनेको कूल संख्या अझै थाहा हुन सकेको छैन। उनले भनिन्, ‘धेरै घर र सवारीसाधन प्रभावित भएका छन्।’

एफएएले विज्ञप्ति जनाएअनुसार लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिंगफिल्ड-ब्रान्सन राष्ट्रिय विमानस्थल जान प्रस्थान गरेको थियो। तर विमान स्थानीय समयानुसार  साँझ ६:३० बजेतिर दुर्घटनाग्रस्त भयो।

अधिकारीहरूले मृत्यु वा घाइतेको पुष्टि गरेका छैनन्। भिडिओमा दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ।

गत बुधबार राति मात्रै अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर खस्दा ६७ जनाको ज्यान गएको थियो।  

शुक्रबार साँझ भएको एअर एम्बुलेन्स दुर्घटनाको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad