ग्लोबल


हमासले सार्वजनिक गर्‍यो शनिबार छाडिने ३ बन्धकको नाम, परेनन् विपिन

हमासले सार्वजनिक गर्‍यो शनिबार छाडिने ३ बन्धकको नाम, परेनन् विपिन

शनिबार छाडिने बन्धक बायाँबाट क्रमश: ओफर काल्डेरोन, किथ सिगेल र यार्डेन बिबास


नेपालखबर
माघ १८, २०८१ शुक्रबार १९:३८, काठमाडौँ

हमासले चौथो चरणमा शनिबार मुक्त गर्ने बन्धकहरूमा पनि नेपाली विद्यार्थी विपिन जोशी नपर्ने निश्चित भएको छ। 

हमासले शनिबार छाडिने बन्धकहरूको नाम शुक्रबार घोषणा गरेको छ। जसमा तीन इजरायली पुरुष छन् अर्थात् विपिन जोशीको नाम छैन।  

सीएनएनका अनुसार हमासले शनिबार गाजाबाट मुक्त गर्ने ३ पुरुषमा किथ सिगेल, यार्डेन बिबास र ओफर काल्डेरोन छन्। 

उनीहरूको परिवारलाई यो जानकारी गराइएको इजरायली प्रधानमन्त्रीको कार्यालयले बताएको छ।

इजरायल र प्यालेस्टिनी इस्लामी लडाकु समूह हमासबीच भएको गाजा युद्धविराम सम्झौताअनुसार शनिबार चौथोपटक बन्धक-कैदी आदानप्रदान गर्न लागेका हुन्।

जनवरी १९ देखि युद्धविराम लागू भएयता हमासले तीनपटक गरेर अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेको छ भने बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदी रिहा गरेको छ।  

इजरायलका सञ्चारमाध्यमका अनुसार हमास समूहको नियन्त्रणमा २५१ जना रहेकोमा ३४ जनाको मृत्यु भइसकेको छ। तर विपिन जोशी जीवितै रहेको इजरायली अधिकारीले बताइरहेका छन्। 

हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा अप्रत्याशित आक्रमण गरेर नेपाली विद्यार्थी विपिन जोशीसहित २ सय ५१ जनालाई  लगेको थियो।

आक्रमणका बेला १० नेपाली विद्यार्थी भने मारिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad