ग्लोबल


सैन्य हेलिकप्टरलाई विमानसँग ठोकिन लाग्यो भनेर चेतावनी दिइएको थियोः अडिओ

सैन्य हेलिकप्टरलाई विमानसँग ठोकिन लाग्यो भनेर चेतावनी दिइएको थियोः अडिओ

दुर्घटनास्थलमा खटिएका टोली


नेपालखबर
माघ १८, २०८१ शुक्रबार ६:४८, वासिङ्टन

एयर ट्राफिक कन्ट्रोलरहरूले अमेरिकी सेनाको हेलिकप्टरलाई यात्रु विमानसँग ठोकिने मार्गमा रहेको चेतावनी दिएको यसको घातक दुर्घटनाको अडिओमा नियन्त्रण कक्षका मानिसहरूको सास रोकिएको आवाज सुनिएको छ। 

बुधबार राति भएको घातक मध्य-हवाई ठक्करमा हेलिकप्टरले अमेरिकन एयरलाइन्सको सहायक कम्पनीद्वारा सञ्चालित बोम्बार्डियर विमानलाई रेगन नेसनल एयरपोर्टमा अवतरणका लागि नजिकिँदै गर्दा ठक्कर दिएको थियो। 

‘आगोको गोला’ विस्फोटपछि दुवै विमान हिउँले ढाकिएको पोटोम्याक नदीमा खसे। 

‘प्याट २–५ के तपाईंले सिआरजेलाई देख्नुभयो’, एक कन्ट्रोलरले ब्ल्याक हक हेलिकप्टरको कल साइन प्रयोग गर्दै विमान देख्न सक्छ कि भनेर सोधे। 

‘प्याट २–५, सिआरजेको पछाडिबाट जानुहोस्’, कन्ट्रोलरले अनुरोध गरे।

केही क्षणपछि सास रोकिएको आवाज सुनिन्छ, एक आवाजले सोध्छ “टावर, के तपाईंले त्यो देख्नुभयो?’

दुर्घटनापछि अर्को एयर ट्राफिक कन्ट्रोलरले भने, ‘मैले एउटा आगोको गोला मात्र देखेँ र त्यसपछि त्यो हराएको थियो। तिनीहरू नदीमा खसेपछि मैले केही देखेको छैन। तर त्यो एउटा सिआरजे र एउटा हेलिकप्टर थियो जो ठोकिए।’

बिहीबार बिहानसम्म रातारात बृहत् पहिलो रेस्पोन्डर अपरेसनहरू चलिरहेको थियो। यद्यपि जीवित भेट्टाउने सम्भावना निकै कम देखिन्थ्यो।

विशेषज्ञहरूका अनुसार ३० मिनेटभित्र हाइपोथर्मिया निम्त्याउन सक्ने तापक्रम कम भएको अँध्यारो, कालो पानीबाट ३० भन्दा बढी शव निकालिएको स्थानीय मिडियाले जनाएको छ।

पाइलट र उड्डयन विशेषज्ञ काइल बेलीले फक्स न्युजलाई बताएअनुसार यदि विमानलाई अवतरणको अनुमति दिइएको थियो भने उसलाई बाटो छाड्नुपर्ने थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad