ग्लोबल


स्पष्ट लक्ष्य, बलिया मित्र र जिद्दीपनका साथ अमेरिका बदल्न फर्किएका ट्रम्प

स्पष्ट लक्ष्य, बलिया मित्र र जिद्दीपनका साथ अमेरिका बदल्न फर्किएका ट्रम्प

नेपालखबर
माघ ७, २०८१ सोमबार १९:२७,

चार वर्षअघि डोनाल्ड ट्रम्पले चुनावमा पराजय स्वीकार आनाकानी गर्दै ह्वाइट हाउस छाडेका थिए। त्यसअघि उनीमाथि दुईपटक महाभियोग लागेको थियो र आपराधिक अनुसन्धान सामना गर्नुपर्ने स्थितिमा पनि थिए।

तर, त्यसको चार वर्षपछि उनी मुलुकलाई आफूखुसी बदल्ने दृढता र अटेरीपनका साथ ह्वाइट हाउस फर्केका छन्। 

सोमबार उनको शपथ समारोह परम्परागत रूपमै हुने छ। पहिले सेन्ट जोन चर्चमा प्रार्थना हुने छ, त्यसपछि बाइडेन दम्पतीसँग उनले ह्वाइट हाउसमा चिया पिउने छन् अनि उनीहरू शपथ समारोहमा पुग्ने छन्।

४० वर्षमा पहिलोपटक शपथ समारोह क्यापिटलको खुला स्थानमा हुँदै छैन। अत्यधिक ठण्डीका कारण हलभित्र शपथ हुनेछ।

जहाँ करिब ६ सय मानिसले मात्र उनको शपथ प्रत्यक्ष हेर्न पाउने छन्।

यद्यपि, उनका समर्थकहरूको भीड क्यापिटलमा लाग्न थालिसकेको छ।

उनी मुलुकको दिशा बदल्न एक क्षण पनि खेर फाल्ने छैनन्। शपथलगत्तै अनेकौँ कार्यकारी आदेश जारी गर्ने उनको योजना छ।

उनले आप्रवासन, कर, कर्मचारी संख्या, व्यापार र उर्जाका क्षेत्रमा आमूल परिवर्तन ल्याउने कोसिस गर्नेछन्। दुवै सदनमा रिपब्किन पार्टीको बहुमत छ र सर्वोच्च अदालतमा पनि रहेको पकडले ट्रम्पलाई यी योजना कार्यान्वयनमा सहायता गर्नेछ।

‘पहिलो कार्यकालमा सबैजना मसँग जुधिरहेका थिए,’ उनले डिसेम्बरमा भनेका थिए, ‘अहिले सबै मेरो मित्र बन्न खोजिरहेका छन्।’

चुनाव जितेपछिको केही समय उनले आफ्नो प्रशासनका नियुक्तिहरू टुंग्याउन खर्चिए। 

यसपटक उनलाई शक्तिशाली समूहको साथ पनि छ। धनाढ्यहरू उनको निगाह प्राप्त गर्न वरिपरि झुम्मिएका छन्। टिम कुक, मार्क जकरबर्ग, इलोन मस्क र जेफ बेजोसजस्ता सीईओहरू उनको दाहिना बनेका छन्। 

तर, मतदाता, ठूला व्यवसायी, लबिइस्ट र सांसद सबैको साथ चार वर्षसम्मै उनलाई नरहने कतिपको विश्लेषण छ।

उसो त ट्रम्पको टिम पनि अत्यन्त उत्साहित देखिन्छ। उनीहरूले आफ्नो राष्ट्रपति दुई हत्या प्रयासबाट उम्किएको, उनलाई दोषी ठहर गर्ने ३४ वटा फैसलालाई बेवास्ता गरेको र एउटै चुनावबाट २ जना डेमोक्र्याटिक प्रतिद्वन्द्वीलाई पछारेको देखेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad