ग्लोबल


ट्रम्पको आश्वासनपछि अमेरिकामा फेरि सेवा सुरु गर्दै टिकटक

ट्रम्पको आश्वासनपछि अमेरिकामा फेरि सेवा सुरु गर्दै टिकटक

नेपालखबर
माघ ७, २०८१ सोमबार ७:५२, काठमाडौँ

नवनिर्वाचित डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्ना सेवा पुनः सुरु गर्दै छ।

ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो।

टिकटकले अमेरिकामा आफ्नो गतिविधि बन्द गरेको थियो।

ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने पनि बताए। यसअघि ट्रम्प टिकटक प्रतिबन्ध लगाउने पक्षमा थिए।

शुक्रबार अमेरिकी सर्वोच्च अदालतले टिकटकमा प्रतिबन्ध लगाउने कानुनका पक्षमा फैसला सुनायो।

यसपछि अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि टिकटकले आफ्नो गतिविधि बन्द गर्‍यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad