ग्लोबल


बिदाइ भाषणमा बाइडेनको चेतावनी : अमेरिकामा ‘ओलिगार्की’ले आकार लिँदैछ

बिदाइ भाषणमा बाइडेनको चेतावनी : अमेरिकामा ‘ओलिगार्की’ले आकार लिँदैछ

नेपालखबर
माघ ३, २०८१ बिहिबार १५:३५,

ह्वाइट हाउसबाट बिदा हुन लागेका अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा अल्पतन्त्रले आकार लिँदै गरेको चेतावनी दिएका छन्। 

दशकौँ लामो आफ्नो राजनीतिक करिअरको समाप्तिमा बिदाइ भाषण गर्दै बाइडेनले अति धनी ‘टेक–इन्डस्ट्रियल कम्प्लेक्स’प्रति निसाना लगाएका हुन्। 

उनको संकेत डोनाल्ड ट्रम्पलाई जिताउन भूमिका खेलेका इलोन मस्क र पछिल्लो समय ट्रम्पलाई रिझाउन लागिपरेका जेफ बेजोस तथा मार्क जकरबर्गतर्फ थियो।

‘आज अमेरिकामा अत्यन्त ठूलो धन, शक्ति र प्रभावको एउटा अल्पतन्त्रले आकार लिँदैछ। त्यसले हाम्रो लोकतन्त्र, हाम्रो आधारभूत अधिकार र स्वतन्त्रतामा साँच्चै नै खतरा उत्पन्न गर्छ,’ बुधबार उनले भने।

८२ वर्षीय बाइडेनले ‘टेक–इन्डस्ट्रियल कम्प्लेक्ससँग’ असीमित शक्ति हुने चेतावनी पनि दिए।

त्यस्तै, ह्वाइट हाउसबाट गरिएको आफ्नो भाषणमा बाइडेनले जलवायु परिवर्तन र सामाजिक सञ्जालमा कुसूचनाबारे पनि चेतावनी दिए।

उनले डोनाल्ड ट्रम्पको आउँदा प्रशासनलाई सफलताको कामना गरे। तर, धेरैथोक दाउमा लागेको उनको चेतावनी थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad