ग्लोबल


गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत

गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत

नेपालखबर
माघ ३, २०८१ बिहिबार ६:५६, काठमाडौँ

इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ।

इजरायल र हमासबीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको छ।

यो जानकारी युद्धविराम सम्झौताको बारेमा जानकार एक स्रोतले बीबीसीलाई दिएको हो।

हमासका एक अधिकारीले बीबीसीलाई बताएअनुसार उनले कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको जानकारी गराएका छन्।

गाजामा हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि युद्ध चलिरहेको छ।

हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो।

हाल भने हमाससँग ९४ इजरायली बन्धक मात्र बाँकी छन्। तर इजरायलले यी बन्धकमध्ये ६० जना मात्र बाँचेको बताएको छ। 

जवाफमा इजरायलले हमासविरुद्ध गाजामा सैन्य आक्रमण सुरु गर्दा युद्ध जारी रहेको हो। 

गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ४६ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad