ग्लोबल


युद्धविराम सम्झौतामा इजरायल र हमासले के भने?

युद्धविराम सम्झौतामा इजरायल र हमासले के भने?

नेपालखबर
माघ ३, २०८१ बिहिबार ७:२९, काठमाडौँ

गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइका लागि इजरायल र हमासबीच भएको सम्झौतापछि दुवै पक्षबाट प्रतिक्रिया आएका छन्।

हमासका प्रमुख वार्ताकार खलील अल हय्याले युद्धका क्रममा गाजामा भोगेका पीडाका लागि इजरायललाई माफ नगरिने’ बताएका छन्। 

उनले भने, ‘सबै पीडितका तर्फबाट रगतका प्रत्येक थोपा र पीडाका प्रत्येक आँसु हामी बिर्सने छैनौँ।’

उनले इजरायलले यस क्षेत्रमा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको दाबी पनि गरे। 

यस्तै इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको वार्ता टोलीले ‘सम्झौतालाई अन्तिम रूप दिने’ प्रयासलाई समर्थन गर्ने अपेक्षा गरेका छन्। 

उनले युद्धविरामको सम्झौतालाई स्वीकार गर्न मन्त्रिपरिषद् र सरकारलाई आह्वान गरे।

इजरायली मन्त्रिपरिषद्ले मतदानमार्फत सम्झौतालाई अनुमोदन गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad