ग्लोबल


दक्षिण कोरियाः बयान दिन मानेनन् निलम्बित राष्ट्रपति युनले

दक्षिण कोरियाः बयान दिन मानेनन् निलम्बित राष्ट्रपति युनले

फाइल तस्बिर: निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल


नेपालखबर
माघ २, २०८१ बुधबार २२:५, सियोल

महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा कुनै बयान दिन नमानेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बुधबार जनाएका छन्।

दक्षिण कोरियाको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले स्थानीय समयअनुसार बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म गरिएको अनुसन्धानका क्रममा निलम्बित राष्ट्रपति युन सुक योलले लगातार कुनै बयान दिन नमानेको र सोधपुछ प्रक्रियालाई रेकर्ड गर्न वा भिडिओ टेप गर्न दिन अस्वीकार गरेको जनाएको हो। 

स्थानीय सञ्चारमाध्यमले सीआईओलाई उद्धृत गर्दै भनेको छ, “युनलाई हिरासतका लागि ‘सियोल डिटेन्सन सेन्टर’मा स्थानान्तरण गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रपतिको सुरक्षा टोलीसँग छलफल भइरहेको छ।

यसबाहेक, सीआईओले ‘सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्ट’बाट जेल चलानका लागि मिति थप गरी पक्राउ पुर्जीे जारी गर्न आवेदन गर्ने तयारी गरिरहेको छ। यदि सहमति भएमा हिरासत अवधि बढीमा २० दिनसम्म बढाउन सकिन्छ।

सीआईओले १० दिनको हिरासतपछि युनलाई अभियोजनपक्षलाई हस्तान्तरण गर्ने योजना बनाएको छ। यसको जवाफमा युनको कानुनी टोलीले विज्ञप्ति जारी गर्दै सीआईओलाई राष्ट्रपतिबारे अनुसन्धान गर्ने अधिकार नभएको र पक्राउ पुर्जी ‘गैरकानुनी’ भएको दाबी गरेको गरेको छ।

उक्त टोलीले पक्राउ पुर्जी को गैरकानुनी कार्यान्वयनको लागि सीआईओ र प्रहरीलाई कानुनी रूपमा जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad