ग्लोबल


माल्टाको सडक दुर्घटनामा २५ वर्षीया गौरीले गुमाइन् ज्यान

माल्टाको सडक दुर्घटनामा २५ वर्षीया गौरीले गुमाइन् ज्यान

नेपालखबर
पुस २७, २०८१ शनिबार १७:८, युरोप

युरोपेली मुलुक माल्टामा एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ।

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ घर भएकी २५ वर्षीया गौरीकुमारी बरालको उपचारको क्रममा मृत्यु भएको हो।

रोजगारीको सिलसिलामा सन् २०२२ डिसेम्बरमा उनी माल्टा आएकी थिइन्।

जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते उनी उपचारत रहेकोमा शनिबार बिहान मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए। 

मृतकको परिवारसँगको सल्लाह बमोजिम मृतकको शव नेपाल पठाउन एनआरएनए माल्टाले सहजीकरण गरिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad