ग्लोबल


आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा राति भागदौड मच्चिँदा ४ जनाको मृत्यु

आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा राति भागदौड मच्चिँदा ४ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
पुस २५, २०८१ बिहिबार ९:७, काठमाडौँ

भारतीय राज्य आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा बुधबार राति भागदौड मच्चिँदा ४ जनाको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार मन्दिरको वैकुण्ठद्वारको दर्शनका लागि टोकन वितरण गरिँदै गर्दा यो घटना भएको हो।

यस क्रममा भागदौड मच्चिँदा धेरै मानिस घाइते पनि भएका छन्।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले भागदौडमा चार श्रद्धालुको मृत्यु भएकामा दुःख व्यक्त गरेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार, तिरुमाला हिल्समा अवस्थित भगवान् वेंकटेश्वर स्वामी मन्दिरमा वैकुण्ठद्वार दर्शनका लागि टिकट लिन तिरुपति मन्दिरका धेरै भक्तजन दौडिरहेका थिए।

जनवरी १० मा सुरु हुने १० दिने वैकुण्ठद्वार दर्शनका लागि भारतभरबाट सयौँ भक्तजन त्यहाँ पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad