फ्रान्सको चरम दक्षिणपन्थी पार्टी नेसनल फ्रन्टका संस्थापक जँ म्यारी ल पेनको निधन भएको छ। उनी ९६ वर्षका थिए।
कयौँ सातादेखि उनी केयर होममा थिए। मंगलबार दिउँसो प्रियजनमाझ उनको मृत्यु भएको परिवारले जनाएको छ।
यहुदी नरसंहार भएकै थिएन भन्ने दाबी गर्ने उनी नस्ल, लिंग र आप्रवासका विषयमा चरमपन्थी विचार राख्थे।
उनले १९७२ मा सो पार्टी स्थापना गरेका थिए। सन् २००२ को राष्ट्रपतीय चुनावमा उनले ज्याक्स चिराकलाई टक्कर दिएका थिए।
दशकौँसम्म उनी फ्रान्सको सबैभन्दा विवादित नेता थिए। उनको अभिव्यक्तिलाई लिएर अदालतले अनेक पटक उनलाई दोषी ठहर गरेको थियो।
सन् २०११ मा उनले छोरी मरिन ल पेनलाई पार्टी नेतृत्व सुम्पिए। जसले पार्टीको छवि सुधारिन्। तर, सोही पार्टीबाट उनी २०१५ मा निष्कासित भएका थिए। एजेन्सी
36
Shares

प्रतिक्रिया