ग्लोबल


असद सरकार पतनपछि दमास्कस विमानस्थलबाट पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुँदै

असद सरकार पतनपछि दमास्कस विमानस्थलबाट पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुँदै

नेपालखबर
पुस २०, २०८१ शनिबार २२:५२, काठमाडौँ

सिरियामा बसर अल असद सरकारको पतनपछि पहिलोपटक दमास्कस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा सुरु हुने भएको छ।

सिरियाको नागरिक उड्डयन प्राधिकरणले मंगलबारदेखि अन्तर्राष्ट्रिय हवाई सेवा सुरु हुने सिरियाली सरकारी सञ्चारमाध्यमलाई बताएको छ।

असद सरकारको पतनपछि दमास्कस एयरपोर्ट गत महिना मात्र आन्तरिक उडानका लागि पुन: खोलिएको थियो।

विमानस्थलका कर्मचारीले त्यहाँका विमानमा स्वतन्त्रताको प्रतीकसहित ‘तीनतारे झण्डा’ बनाएका छन्।

सिरियामा असदको शासन पतन भएको झण्डै एक महिना बितिसकेको छ।

असद राष्ट्रपति पद छाडेर सिरियाबाट रुस भागेका छन्।

सिरियामा हाल विद्रोही समूह हयात तहरिर अल-शाम (एचटीएस) को नेतृत्वमा अन्तरिम सरकार छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad