ग्लोबल


क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते

क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते

नेपालखबर
पुस १९, २०८१ शुक्रबार १४:३३, काठमाडौँ

अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै १८ जना घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहीबार लस एन्जलसबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्टनजिकै दुर्घटना भएको हो। यसको कारण भने खुल्न सकेको छैन।

फुलर्टन प्रहरीले एक्समा भनेको छ, ‘दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।’

यसका साथै १० जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्य आठ जनाको घटनास्थलमै उपचार गरिएको छ।

एक प्रहरी अधिकारीले स्थानीय स्टेसन केटीएलएलाई बताएअनुसार मृतकहरू विमानका यात्रु हुन् वा उनीहरू विमान दुर्घटना भएको भवनमा काम गर्ने कामदार थिए भन्नेबारे तत्काल पुष्टि गर्न नसकिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

टेलिभिजन फुटेजमा भवनको छतमा प्वाल परेको र धुवाँ निस्केको देखिएको छ।

‘एक ठूलो आवाजसहित जहाज भवनमा ठोकिँदा हामी तर्सियौँ र त्यसपछि भवनबाट भाग्न थाल्यौँ’, घटनास्थलका प्रत्यक्षदर्शीमध्येका एक जेरोम क्रुजले सीबीएस न्युजसँग भने। 

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) का अनुसार उक्त विमान एकल इन्जिनमा निर्माण गरिएको आरभी–१० थियो, जुन चार सिट भएको सानो मोडेल थियो।

गत नोभेम्बरमा फुलर्टन विमानस्थलनजिकै भएको अर्को दुर्घटनामा दुई जना घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad