ग्लोबल


न्यु अर्लिन्समा एउटै ट्रकले १५ जना किचेपछि ट्रम्पको प्रतिक्रियाः अमेरिकामा अपराध एकदमै बढ्यो

न्यु अर्लिन्समा एउटै ट्रकले १५ जना किचेपछि ट्रम्पको प्रतिक्रियाः अमेरिकामा अपराध एकदमै बढ्यो

नेपालखबर
पुस १८, २०८१ बिहिबार ८:२७, काठमाडौँ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यू अर्लिन्समा एउटा ट्रकले १५ जना किचेको घटनाप्रति प्रतिक्रिया दिएका छन्। 

बुधबार अमेरिकाको न्यु अर्लिन्समा एउटा ट्रकले मानिसहरूको भीडलाई कुल्चिँदै गुड्दा १५ जनाको मृत्यु भएको छ। 

यस विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अन्य देशबाट भित्रिएका मानिसप्रति आशंका गरेका छन्। 

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘मैले देशमा आउने अपराधीहरू देशमा रहेका अपराधीहरूभन्दा धेरै खराब छन् भन्दा डेमोक्र्याटिक पार्टी र फेक न्युज मिडियाले खारेज गरेको थियो, तर अहिले सत्य साबित हुँदै छ।’

उनले थपे, ‘हाम्रो देशमा अपराध दर यसरी बढेको छ, जुन अहिलेसम्म कसैले देखेका थिएनन्।’

ट्रम्पले आफू पीडित परिवार र न्यु अर्लिन्सका साहसी प्रहरी अधिकारीहरूको साथमा रहेको बताए।

उनले भने, ‘ट्रम्प प्रशासनले यस बर्बर घटना अनुसन्धानमा न्यु अर्लिन्स सहरलाई पूर्ण सहयोग गर्नेछ।’

डोनाल्ड ट्रम्पले यही जनवरी २० तारिखमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad