दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटनामा उद्धार गरिएका २ जनाबाहेक अरू सबैको मृत्यु भएको आशंका गरिएको छ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले अधिकारीहरूलाई उधृत गर्दै विमानमा सवार १८१ जनामध्ये १७९ जनाको मृत्यु भएको जनाएको हो।
बैंककबाट फर्किएको जेजु एयरको उडान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोकिएको हो।
दुर्घटना स्थानीय समयानुसार आइतबार बिहान ९:०७ बजे भएको हो। दुर्घटनापछि विमानमा आगो लागेको थियो।
हेर्नुहोस् विमान दुर्घटनाको भिडिओ-
— BNO News (@BNONews) December 29, 2024BREAKING: Video shows crash of Jeju Air Flight 2216 in South Korea. 181 people on board pic.twitter.com/9rQUC0Yxt8
1.7k
Shares

प्रतिक्रिया