ग्लोबल


दक्षिण कोरिया विमान दुर्घटना अपडेटः मृतकको संख्या ४७ पुग्यो

दक्षिण कोरिया विमान दुर्घटना अपडेटः मृतकको संख्या ४७ पुग्यो

विमान दुर्घटनापछि देखिएको धुवाँको मुस्लो


नेपालखबर
पुस १४, २०८१ आइतबार ८:३१, काठमाडौँ

दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ। 

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले अधिकारीलाई उधृत गर्दै मृतकको संख्या ४७ पुगेको जानकारी दिएको हो। २ जनाको भने उद्धार गरिएको जनाइएको छ।

बैंककबाट फर्किएको जेजु एयरको उडान मुआन काउन्टीको मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोकिएको हो।

यो दुर्घटना स्थानीय समयअनुसार आइतबार बिहान ९:०७ बजे भएको हो।

विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु थिए।

दुई थाई नागरिक बाहेक अधिकांश यात्रु कोरियाली थिए।

दुर्घटनाका क्रममा विमानमा आगो लागेको थियो। 

अधिकारीहरूले ४३ मिनेटमा आगो निभाइएको बताएका छन्। 

हेर्नुहोस् विमान दुर्घटनाको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad