ग्लोबल


मलावीमा चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो, ४५ हजारभन्दा बढी प्रभावित

मलावीमा चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो, ४५ हजारभन्दा बढी प्रभावित

नेपालखबर
पुस ३, २०८१ बुधबार २०:९, लिलोङ्वे

मलावीमा आएको शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ।

आइतबार र मङ्गलबारसम्म देशमा परेको भारी वर्षाका कारण ४५ हजार भन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

विपद् व्यवस्थापन मामिला विभाग (डीओडीएमए) को आयुक्त चार्ल्स कालेम्बाले मङ्गलबार आँधीका कारण २९ जना घाइते भएको बताए। 

कालेम्बाले कूल प्रभावित घरपरिवारको सङ्ख्या १० हजार १५९ पुगेका र करिब ४५ हजार १६२ जना प्रभावित भएको बताए। यसमध्ये २२७ जना विस्थापित भएका छन्।

डीओडीएमए विभिन्न मानवीय साझेदारहरूसँगको सहकार्यमा प्रभावित समुदायलाई राहत सहायता प्रदान गर्दै छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad