आम आदमी पार्टीले दिल्ली विधानसभा चुनावका लागि उम्मेदवारहरूको चौथो तथा अन्तिम सूची जारी गरेको छ।
यसमा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई नयाँदिल्ली विधानसभा सिटमा उम्मेदवार बनाइएको छ।
यसैबीच कालकाजीबाट मुख्यमन्त्री आतिशीलाई उम्मेदवार बनाइएको छ। यस्तै बुरारीबाट सञ्जीव झालाई टिकट दिइएको छ।
चौथो सूचीमा आम आदमी पार्टीले ३८ जना उम्मेदवारलाई टिकट दिएको छ।
पार्टीले नांगलोई जाटबाट रघुविन्दर शौकिन र सुल्तानपुर माजराबाट मुकेशकुमार अहलावतलाई उम्मेदवार बनाएको छ।
आम आदमी पार्टीको चौथो सूची जारी गरेपछि अरविन्द केजरीवालले सोसल मिडिया प्लेटफर्म एक्समा भाजपा गायब भएको टिप्पणी गरेका छन्।
156
Shares

प्रतिक्रिया