भारतीय राज्य तमिलनाडुको डिन्डिगुलस्थित एक निजी अस्पतालमा बिहीबार राति आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार राति १० बजेतिर भएको आगलागीमा एक बालिकासहित कम्तीमा ६ जनाको ज्यान गएको हो।
आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। तर, सर्ट सर्किट भएको आशंका गरिएको छ।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले घटनाप्रति दुःख व्यक्त गरेका छन्।
उनले प्रत्येक मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन्।
21
Shares

प्रतिक्रिया