ग्लोबल


दक्षिण कोरियाली राष्ट्रपतिलाई यात्रामा प्रतिबन्ध, पूर्वरक्षामन्त्री पक्राउ

दक्षिण कोरियाली राष्ट्रपतिलाई यात्रामा प्रतिबन्ध, पूर्वरक्षामन्त्री पक्राउ

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १४:१५,

दक्षिण कोरियाली अधिकारीहरूले अनुसन्धानमा तानिएका राष्ट्रपति युन सुक योलमाथि भ्रमण प्रतिबन्ध लगाएका छन्।

गत मंगलबार युनले घोषणा गरेको सैन्य शासन केही घण्टा मात्र टिकेको थियो। 

शनिबार उनीमाथि महाभियोग लगाउने प्रस्ताव असफल भएपछि युन सत्तामा टिक्न सफल भएका छन्। सत्तारुढ पीपीपीका सांसदहरूले मतदानमा भाग नलिएपछि उनीविरुद्धको महाभियोग प्रयास विफल भएको हो।

युनले आफ्नो कार्यकाल छोट्याउने र घरेलु तथा विदेश मामिलामा नपर्ने वाचा गरेपछि आफूहरूले मतदान बहिष्कार गरेको सांसदहरूले बताएका छन्।

युनलाई सैन्य शासन लगाउन सल्लाह दिएको आरोप लागेका पूर्वरक्षामन्त्री किम योङ ह्युन आइतबार पक्राउ परेका छन्। बुधबार उनले सो घटनाको जिम्मेवारी लिँदै राजीनामा दिएका थिए।

त्यस्तै, राष्ट्रपतिसहित सेनाप्रमुख, गुप्तचर प्रमुखलगायतलाई पनि यात्रामा प्रतिबन्ध लगाइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad