सिरियाको विद्रोही समूह हयात तहरिर अल-शाम (एचटीएएस) ले केही समयपछि टेलिभिजनमा आम जनतालाई सन्देश प्रसारण गर्ने बताएको छ।
यसअघि आइतबार समूहले दमास्कसको रेडियो र टेलिभिजन मुख्यालयलाई नियन्त्रणमा लिएको बताएको थियो, जहाँबाट उसले आफ्नो विजयको घोषणा गरिने बताएको छ।
विद्रोही समूह राजधानी दमास्कस प्रवेश गरेपछि सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको छ।
रिपोर्टहरूका अनुसार, मानिसहरू दमास्कसको बीचमा उम्मेद स्क्वायरमा उत्सव मनाइरहेका छन्। यस चोकवरपर धेरै सरकारी भवन छन्।
सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि विद्रोही समूह हयात तहरिर अल-शामले सिरियाली राष्ट्रपति बसर अल–असदले देश छोडेको दाबी गरेको छ।
विद्रोहीले अब सार्वजनिक संस्थान प्रधानमन्त्रीले सम्हाल्ने बताएको छ।
हयात तहरिर अल–शामले आफ्नो टेलिग्राम च्यानलमा सैन्य बललाई हाल दमास्कसमा अवस्थित सार्वजनिक संस्थानजिक जान प्रतिबन्ध लगाइएको उल्लेख गरेको छ।
यसैबीच समाचार एजेन्सी रोयटर्सले दुई सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति बसर अलअसद दमास्कसबाट विमानबाट अज्ञात गन्तव्यतर्फ प्रस्थान गरेको जनाएको छ।
Shares

प्रतिक्रिया