ग्लोबल


चीनमा ६३ वर्षयताकै गर्मी शरद्

चीनमा ६३ वर्षयताकै गर्मी शरद्

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर १९, २०८१ बुधबार १९:५०, बेइजिङ

चीनमा यो वर्षको शरद्‌मा मौसमको रेकर्ड राख्न थालेपछिको सबैभन्दा गर्मी भएको राष्ट्रिय जलवायु केन्द्रले बुधबार घोषणा गरेको छ।

चीनले सन् १९६१ देखि मौसम र तापक्रमसम्बन्धी रेकर्ड राख्न थालेको थियो।

वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यास उत्सर्जनको प्रमुख उत्सर्जकमध्ये एक चीन भएको र यसले विश्वव्यापी जलवायु परिवर्तनलाई बढावा दिइरहेको छ, जसले चरम मौसमी दुर्घटनालाई अझ बढी नियमित बनाइरहेको छ। 

बेइजिङले सन् २०३० सम्ममा कार्बन डाइअक्साइड उत्सर्जनलाई उच्च बिन्दुमा पुग्ने र सन् २०६० सम्ममा शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ। 

केन्द्रले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा उल्लेख गरेको छ, “यस वर्षको शरद् ऋतु (सेप्टेम्बर १ देखि नोभेम्बर ३०) मा राष्ट्रिय औसत तापक्रम ११.८ डिग्री सेल्सियस थियो। यो औसत वर्षको तुलनामा १.५ डिग्री बढी हो र यो सन् १९६१ यताकै सबैभन्दा बढी हो।” 

चीनको अधिकांश क्षेत्रमा औसतभन्दा १ देखि २ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको छ भने मध्य, पूर्व, दक्षिणपश्चिम र उत्तरपश्चिम चीनका केही भागमा अघिल्लो वर्षको तुलनामा २ देखि ४ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार लियाओनिङ, तियानजिन र चोङकिङलगायत १६ वटा प्रान्त र क्षेत्रमा सन् १९६१ यताकै सबैभन्दा उच्च औसत शरद् ऋतुको तापक्रम रेकर्ड गरिएको छ।

चीनले सन् १९६१ यताकै सबैभन्दा गर्मी अगस्टमा आफ्नो उत्तर र पश्चिमका अधिकांश भूभागमा अत्यधिक गर्मीको सामना गर्नुपरेको केन्द्रले सेप्टेम्बरमा जनाएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad