अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई ठूलो मात्रामा मिसाइलसहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले विज्ञप्तिमार्फत राष्ट्रपति जो बाडेनले रक्षा विभाग (पेन्टागन) लाई युक्रेनलाई आफ्नो क्षेत्रीय, स्वतन्त्रता र स्वाधीनताको तत्काल रक्षा गर्न आवश्यक उपकरण उपलब्ध गराउन निर्देशन दिएका छन्।
सुलिभानले आफ्नो कार्यकाल समाप्त हुनुअघि युक्रेनलाई सयौँ, हजारौँ तोप र थप मिसाइललगायत महत्त्वपूर्ण क्षमता प्रदान गर्ने बाइडेन प्रशासनको अभिप्रायलाई पुष्टि गरेका छन्।
पछिल्लो समय अमेरिकालाई युक्रेनको मुख्य सैन्य समर्थक मानिन्छ। रासस/क्यूएनए
108
Shares

प्रतिक्रिया