ग्लोबल


विद्रोहीले एलेप्पो सहर कब्जा गरेपछि पछि हट्यो सिरियाली सेना

विद्रोहीले एलेप्पो सहर कब्जा गरेपछि पछि हट्यो सिरियाली सेना

एलेप्पोबाट सरकारी सेना पछि हटेपछि सरकारका समर्थक आक्रोशित छन्।


नेपालखबर
मंसिर १६, २०८१ आइतबार ८:५२, काठमाडौँ

सिरियाली विद्रोही समूहले राष्ट्रपति बसर अल असदको शासनको विरोध गरेका छन्। त्यसयता सरकारी सुरक्षा बल अलेप्पो सहरबाट पछि हटेका छन्।

बीबीसीका अनुसार सिरियाली सेनाले विद्रोही सिरियाको दोस्रो ठूलो सहर एलेप्पोको ठूलो भागमा प्रवेश गरेको स्वीकार गरेको छ। तर, सेनाले जवाफी कारबाही गर्ने बताएको छ।

बेलायतस्थित संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार बुधबार सुरु भएको यस द्वन्द्वमा अहिलेसम्म ३ सय जनाको ज्यान गएको छ। जसमा २० जना सर्वसाधारण नागरिक पनि छन्।

सिरियाली राष्ट्रपति बसर अल-असदको सरकारका समर्थक सरकारी सेना अलेप्पोबाट पछि हटेको भन्दै आक्रोशित छन्।

यसैबीच रुसले एलेप्पोका केही क्षेत्रमा हवाई हमला गरेको छ। सन् २०१६ यता रुसले अलेप्पोका केही भागमा हवाई हमला गरेको यो पहिलोपटक हो। रुस सिरियाको सहयोगी राष्ट्र हो।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराक्ची र रुसका विदेशमन्त्री सर्गेई लाभरोभबीच शनिबार विद्रोहीले एलेप्पो कब्जा गर्ने विषयमा फोन वार्ता गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad