भारतीय राज्य महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले राजीनामा दिएका छन्। उनले मंगलबार राज्यका गभर्नर सीपी राधाकृष्णनलाई राजीनामा बुझाएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार यस क्रममा शिन्देसँगै उपमुख्यमन्त्री अजित पवार र देवेन्द्र फडणविस पनि उपस्थित थिए।
एकनाथ शिन्दे अब नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण नहुँदासम्म कार्यवाहक मुख्यमन्त्री रहनेछन्।
भाजपा, एकनाथ शिन्देको शिवसेना र अजित पवारको एनसीपीको गठबन्धन ‘महायुती’ले महाराष्ट्र विधानसभा चुनाव जितेको छ।
महाराष्ट्र विधानसभा चुनावमा भाजपाले १३२ सिट, एकनाथ शिन्देको शिवसेनाले ५७ सिट र एनसीपीले ४१ सिट जितेका छन्।
उद्धव ठाकरेको शिवसेनाले २० सिट, कांग्रेसले १६ र शरद पवारको एनसीपीले १० सिट जितेका छन्। तीनवटै दल ‘महाविकास अघाडी’ गठबन्धनमा छन्।
99
Shares

प्रतिक्रिया