ग्लोबल


बेलायती प्रधानमन्त्री स्टारमरले भने- पुटिनलाई युक्रेन युद्ध जित्न दिँदैनौँ

बेलायती प्रधानमन्त्री स्टारमरले भने- पुटिनलाई युक्रेन युद्ध जित्न दिँदैनौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलायतका प्रधानमन्त्री कियर स्टारमर


नेपालखबर
मंसिर ८, २०८१ शनिबार ६:४४, काठमाडौँ

बेलायतका प्रधानमन्त्री कियर स्टारमरले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रामकता त्यागेमा आजै युद्ध अन्त्य हुन सक्ने बताएका छन्।

अन्तर्वार्ताका क्रममा स्टारमरलाई बीबीसी संवाददाताले सोधे– युक्रेन विवादमा बेलायत पनि रुससँग युद्धमा छ?

जवाफमा बेलायती प्रधानमन्त्री स्टारमरले भने- होइन, हामी युद्धमा छैनौँ। तर युक्रेन पक्कै युद्धमा छ। रुसले युक्रेनमा आक्रमण गरेको छ र यो युद्ध हजार दिनदेखि चलिरहेको छ।’

रुसले एक हजार दिनदेखि आक्रामकता देखाइरहेको र युक्रेनले बलिदान दिइरहेको टिप्पणी उनले गरे। 

उनले थपे, ‘त्यसैले हामी युक्रेनको साथमा उभिएको छौँ। हामी पुटिनलाई यो युद्ध जित्न दिन सक्दैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad