कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवककोे मृत्यु भएको छ।
बुधबार राति धनगढी उपमहानगरपालिका-७ बेलीपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा कैलारी गाउँपालिका-७ रतनपुरका ३४ वर्षीय मनोज चौधरी रहेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बेलीपुलस्थित मुख्य सडकमा सु.प.प्र.०१–०११ प ७८९७ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भएर पुलमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
54
Shares

प्रतिक्रिया