तमिलनाडुका मुख्यमन्त्री तथा डीएमकेका अध्यक्ष एमके स्टालिनले भारतीय जीवन बिमा निगम अर्थात् एलआईसीको वेबसाइटमा हिन्दी भाषा प्रयोग गरेकोमा आपत्ति जनाएका छन्।
उनले वेबसाइट हिन्दी थोपर्न प्रचार संयन्त्रका रूपमा प्रयोग भइरहेको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्- एलआईसीको वेबसाइट हिन्दी थोपर्न प्रचार साधन बनेको छ। यहाँसम्म कि कसैले अंग्रेजी भाषा रोज्नुपर्ने भए पनि विकल्पमा हिन्दी मात्र देखाइन्छ।
यसले भारतको विविधतालाई हानि पुर्याइरहेको जिकिर गर्दै उनले यसको उद्देश्य अन्य संस्कृति र भाषामाथि बलपूर्वक थोपर्नुबाहेक केही नभएको टिप्पणी गरेका छन्।
उनले भनेका छन्- एलआईसी सबै भारतीयको संरक्षणमा अघि बढेको हो। उसले आफ्ना धेरैजसो साझेदारलाई धोका दिने हिम्मत कसरी गर्यो?
उनको माग छ- हामी यो भाषिक अत्याचार तुरुन्त फिर्ता लिन माग गर्दछौँ। बीबीसी हिन्दी
Shares

प्रतिक्रिया