ग्लोबल


जी२० ले गर्न मानेन रुसको आलोचना, दबाबमा युक्रेन

जी२० ले गर्न मानेन रुसको आलोचना, दबाबमा युक्रेन

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १६:९,

विश्वका सबैभन्दा ठूला अर्थतन्त्रहरूले युक्रेनप्रतिको समर्थन कमजोर हुँदै गएको संकेत गरेका छन्। ब्राजिलमा आयोजित जी–२० शिखर सम्मेलनमा जारी संयुक्त घोषणामा रुसको आलोचना गरिएको छैन।

गत वर्ष नयाँ दिल्लीमा भएको जी२० सम्मेलनमा ‘आजको युग युद्धको युग नभएको’ भन्दै खाद्य तथा उर्जा पूर्वाधारमा आक्रमण बन्द गर्न आह्वान गरिएको थियो। त्यस्तै आणविक धम्कीको भर्त्सना पनि गरिएको थियो।

तर, यसपालिको संयुक्त घोषणामा यी कुनै पनि कुरा छैनन्। युक्रेन युद्धबारे मात्र एक अनुच्छेद उल्लेख छ। जसमा ‘युद्धको नकारात्मक असर’ र ‘बृहत्, न्यायपूर्ण र दिगो शान्तिलाई सहयोग गर्ने पहलको स्वागत’जस्ता वाक्यांश मात्र उल्लेख छन्।

जबकि दिल्ली घोषणामा युक्रेनबारे ७ अनुच्छेद उल्लेख थियो।

यसपटक केही युरोपेली मुलुकहरूले रुसको भर्त्सनामा कडा भाषा प्रयोग गर्न जोड दिएका थिए। तर, पनि अन्त्यमा संयुक्त वक्तव्य नै नआउन सक्ने भन्दै उनीहरू पछि हटेका थिए। 

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीमाथि शान्ति वार्ताका लागि तयार हुन पश्चिमा मुलुकहरूबाट दबाब बढ्दै गएको छ। 

खासगरी अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जितेपछि जेलेन्स्की दबाबमा परेका हुन्। ट्रम्पले तत्काल युक्रेन युद्ध रोक्ने बताउँदै आएका छन्।

यो सम्मेलनले धनाढ्यहरूमाथि कर बढाउन, गरिबी हटाउन, गाजामा युद्धविराम गर्न र राष्ट्रसंघीय सुरक्षा परिषदको सुधार गर्न आह्वान गरेको छ। जुन ब्राजिली राष्ट्रपति लुइज इनासिया लुला दा सिल्भाको प्राथमिकताहरू हुन्।

अर्जेन्टिनी राष्ट्रपति हाभियर मिलेइका आपत्तिका बाबजुद सो वक्तव्य सम्पूर्ण जी२० सदस्यका नामबाट जारी भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad