बेलायती सञ्चारमाध्यम द गार्डियनले आफ्ना सामग्री अब एक्समा पोस्ट नगर्ने बताएको छ।
‘हामी पाठकहरुलाई बताउन चाहन्छौँ, हामी आइन्दा एक्सको हाम्रो कुनै पनि आधिकारिक अकाउन्टबाट पोस्ट गर्ने छैनौँ,’ गार्डियनले भनेको छ, ‘हामीलाई लाग्छ, एक्समा हुनुको फाइदाभन्दा नकरात्मकता ज्यादा छ। र, त्यो स्रोतसाधनलाई अन्यत्रै हाम्रो पत्रकारिता प्रवद्र्धन गर्न उपयोग गर्न सकिन्छ।’
एक्समा अक्सर चरम दक्षिणपन्थी षड्यन्त्रका सिद्दान्त र नश्लवादजस्ता चिन्ताजनक सामाग्री पोस्ट गरिएको उसको भनाइ छ।
एक्स विषाक्त प्लाटफर्म भएको र यसमार्फत मस्क राजनीतिक विमर्शलाई प्रभावित तुल्याउन सफल भएको आफ्नो निष्कर्षलाई हालैको अमेरिकी राष्ट्रपतीय निर्वाचनले पुष्टि गरेको गार्डियनको भनाइ छ।
एक्सका प्रयोगकर्ताले आफ्ना सामग्री सेयर गर्न सक्ने गार्डियनले जनाएको छ।
Shares

प्रतिक्रिया