ग्लोबल


ट्रम्पले गरे थप दुई विशेष नियुक्ति

ट्रम्पले गरे थप दुई विशेष नियुक्ति

एलिस स्टेफानिक (बाँया), टम होमन (दायाँ)


नेपालखबर
कात्तिक २६, २०८१ सोमबार २०:३८, काठमाडौँ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्कनुअघि थप दुई महत्त्वपूर्ण नियुक्ति गरेका छन्।

तीमध्ये पहिलो हुन्- ६२ वर्षीय टम होमन, जसले ट्रम्पको 'सीमा प्रमुख'का रूपमा काम गर्नेछन्।

होमनले ट्रम्पको पहिलो कार्यकालमा अध्यागमन र भन्सार प्रवर्तन विभागको कार्यवाहक निर्देशकका रूपमा काम गरेका थिए।

न्युयोर्क पोस्टका अनुसार ४० वर्षीया न्युयोर्ककी सांसद एलिस स्टेफानिकलाई पनि संयुक्त राष्ट्रसंघका लागि राजदूत बनाइएको छ।

२०१४ मा एलिस स्टेफानिक कंग्रेसमा निर्वाचित सबैभन्दा कान्छी महिला थिइन्। उनले न्युयोर्कको २१औँ जिल्लाको प्रतिनिधित्व जारी राख्नेछिन्।

यसअघि ट्रम्पले बिहीबार सुजी समरल विल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफमा नियुक्त गरेका थिए।

यसैबीच ट्रम्पको रिपब्लिकन पार्टी अमेरिकी कंग्रेसमा बहुमतनिकट छ। ऊसँग सिनेटमा पहिले नै बहुमत छ र प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न केही सिट जित्न आवश्यक छ।

अमेरिकामा प्रतिनिधि सभामा बहुमतका लागि २१८ सिट चाहिन्छ।  रिपब्लिकन पार्टीले २१५ सिट र डेमोक्र्याटिक पार्टीले २१० सिट प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad