ग्लोबल


पातलिए ह्यारिसका समर्थक, टीभीको आवाज गरियो बन्द

पातलिए ह्यारिसका समर्थक, टीभीको आवाज गरियो बन्द

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १०:४७,

मध्यरात हुँदै गर्दा वासिङ्टनस्थित होवार्ड युनिभर्सिटीमा भेला भएका कमला ह्यारिसका समर्थकहरू बाहिरन थालेका छन्। 

केही घण्टा अघिसम्म रमाइरहेका र नाचिरहेका उनीहरू डोनाल्ड ट्रम्पले नर्थ क्यारोलाइना जितेपछि मौन छन्। 

तर, कतिपयले हार मानेका छैनन्।

‘हामीलाई अझै पेन्सिलभेनियाको आशा छ,’ ३२ वर्षीया ह्यारिस समर्थक माकेदा हाउटनको भनाइ न्युयोर्क टाइम्सले उधृत गरेको छ, ‘यो निराशाजनक कुरा हो पक्कै पनि। मैले सुन्न चाहेको कुरा होइन। तर, पूरै नतिजा घोषणा नहुञ्जेल म हार मान्दिनँ।’

भीडको सामु ठूलो स्क्रिनमा सीएनएन प्रसारण भइरहेको छ। तर, टीभीका एक अतिथिले आजको रात २०२० भन्दा पनि २०१६ जस्तो महसुस भएको बताएपछि टीभीको आवाज बन्द गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad