ग्लोबल


रेड स्टेटहरूमा ट्रम्पको सहज जित : स्विङ स्टेटहरूको नतिजा अझै अनिश्चित

रेड स्टेटहरूमा ट्रम्पको सहज जित : स्विङ स्टेटहरूको नतिजा अझै अनिश्चित

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार ८:५४,

अमेरिकाका अधिकांश राज्यहरुमा मतदान समाप्त भएसँग प्रक्षेपणहरू आउन सुरु भएको छ। कमला ह्यारिस र डोनाल्ड ट्रम्पले आआफ्नो पार्टीको गढमा जित हात पार्ने देखिएको छ।

तर, ब्याटलग्राउन्ड स्टेटहरुको नतिजाबारे केही भन्न सकिने स्थिति छैन। जसका कारण चुनाव कसले जित्छ, स्पष्ट छैन।

जित्नका लागि उम्मेदवारले २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने हुन्छ। सीएनएनका अनुसार हालसम्मको प्रक्षेपणअनुसार ट्रम्पले ५२ प्रतिशत लोकप्रिय मत प्राप्त गरेका छन् भने ह्यारिसले ४६ प्रतिशत।

ट्रम्पले १६२ इलेक्टोरल मत जित्दा ह्यारिसको पक्षमा ८१ इलेक्टोरल मत देखिएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad