अमेरिकामा राष्ट्रपतीय चुनाव सुरु भएको छ। न्यु ह्याम्पसायरमा पर्ने क्यानडासँगको सीमामा अवस्थित डिक्सभिल नचमा पहिलो मतदान गरिएको हो।
दशकौँ पुरानो परम्पराअनुसार सो स्थानमा मध्यरातलगत्तै भएको मतदानमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पले बराबरी मत पाएका छन्।
दुवैले ३–३ मत पाएका हुन्।
डिक्सभिल नचले १९६० को दशकदेखि नै सबैभन्दा अगाडि मतदान गर्दै आएको छ। यसपालि घोषित रिपब्लिकन ४ जना र अघोषित २ जना मतदाता सहभागी भएका थिए।
सबैभन्दा चाँडो नतिजा थाहा हुने भएकाले यो स्थानलाई राष्ट्रिय चासो दिने गरिन्छ। विभिन्न सञ्चारमाध्यमका संवाददाता त्यहाँ पुग्ने गरेका छन्।
यसअघि २०२० मा यो स्थानका पाँचै जना मतदाताले जो बाइडेनलाई मत दिएका थिए। २०१६ मा भने सातमध्ये चार मत हिलारी क्लिन्टनले पाएकी थिइन्।
बाँकी तीनमध्ये ट्रम्पले दुई र ग्यारी जोनसनले एक मत पाएका थिए। एजेन्सी
Shares

प्रतिक्रिया