भारतको राजधानी दिल्लीमा सोमबार वायु प्रदूषणको स्तर फेरि 'गम्भीर श्रेणी' मा पुगेको छ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटमा उपलब्ध तथ्यांक बिहान ६ बजे दिल्लीका अधिकांश क्षेत्रमा वायु प्रदूषणको स्तर 'गम्भीर' वा 'अत्यधिक खराब' श्रेणीमा देखिएको हो।
सोमबार बिहान दिल्लीको आनन्द विहार क्षेत्रको हावा सबैभन्दा प्रदूषित छ। आनन्द विहारमा बिहान ६ बजे एक्यूआई ४३२ रेकर्ड गरिएको छ। यो हावाको गुणस्तरको 'गम्भीर' स्तर हो।
आनन्द विहारका साथै अशोक विहार, बवाना, जहांगीरपुरी, मुन्डका, द्वारका, न्यु मोती बाग, पटपरगन्ज, पञ्जाबी बाग, रोहिणी, विवेक विहार र वजिरपुरमा एक्यूआई ४०० भन्दा माथि छ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा धेरै ठाउँमा एक्यूआई स्तर ३०० देखि ४०० बीच रेकर्ड भएका छन्।
यो हावाको गुणस्तरको एकदमै कमजोर स्तर मानिन्छ।
भारतीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटका अनुसार दिल्लीको वायुमा प्रदूषणको प्रमुख कारण पीएम २.० कण हुन्।
पीएम २.० धेरै सानो र धुलोको सूक्ष्म कण हो। यसैलाई ध्यानमा राख्दै धुलो नियन्त्रण गर्न दिल्लीको सडकमा धुवाँ निरोधक सवारीसाधनबाट दैनिक पानी छर्किने गरिएको छ।
दिल्लीमा वायु प्रदूषणसँगै यमुना नदीमा पनि प्रदूषण देखिएको छ।
Shares

प्रतिक्रिया