स्पेनको मौसम विभागले देशको दक्षिण-पश्चिमी भागमा अवस्थित तटीय क्षेत्र ह्युल्भामा भारी वर्षा हुने उल्लेख गर्दै ‘रेड अलर्ट’ जारी गरेको छ।
यो चेतावनी स्पेनको स्थानीय समयअनुसार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म लागू हुनेछ। उक्त अवधिमा लगातार १२ घण्टासम्म १४० मिलिमिटर भारी वर्षा हुने अनुमान गरिएको छ।
प्रदेशका अन्य क्षेत्रमा ‘अरेन्ज’ अलर्ट जारी गरिएको छ।
अहिलेसम्म स्पेनमा बाढीले १९५ जनाको मृत्यु भइसकेको छ।
102
Shares

प्रतिक्रिया