उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) ले पहिलोपटक उत्तर कोरियाली सैनिकहरू रुसको कुर्स्कमा तैनाथ गरिएको बताएको छ।
नेटोका सचिव जनरल मार्क रुटेले सोमबार दक्षिण कोरियाली सुरक्षा र रक्षा अधिकारीहरूसँगको भेटपछि धेरै हप्ताको गुप्तचर रिपोर्टपछि आफूले यो कुरा गरिरहेको बताएका छन्।
गत हप्ता मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली सेना रुस पुगेको दाबीलाई अस्वीकार गरेका थिए।
हालै दक्षिण कोरियाको गुप्तचर एजेन्सीले उत्तर कोरियाका १५ सय सैनिक रुस पुगेको बताएको थियो।
युक्रेनी सेनाका धेरै गुप्तचर रिपोर्टले पनि उत्तर कोरियाले रुससँग घनिष्ठ सैन्य गठबन्धनको तयारी गरिरहेको दाबी गरेको छ।
रुस र युक्रेनबीच सन् २०२२ फेब्रुअरीदेखि युद्ध चलिरहेको छ।
168
Shares

प्रतिक्रिया