ग्लोबल


इरानमा इजरालयले हवाई हमला गरेपछि छिमेकी इराकले गर्‍यो आफ्ना सबै विमानस्थल बन्द

इरानमा इजरालयले हवाई हमला गरेपछि छिमेकी इराकले गर्‍यो आफ्ना सबै विमानस्थल बन्द

इराकको बगदादस्थित अन्तर्राष्ट्रिय विमानस्थल


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार ११:९, काठमाडौँ

इराकका यातायात मन्त्रीले उक्त क्षेत्रमा जारी सैन्य कारबाहीलाई ध्यानमा राख्दै देशको हवाई क्षेत्र बन्द गरिएको बताएका छन्।

इजरायलले इरानविरुद्ध हवाई आक्रमण सुरु गरेको छ। इरानको पश्चिमी सीमा इराकसँग जोडिएको छ।

इराकको सरकारी मिडिया एजेन्सी आईएनएलाई उद्धृत गर्दै रोयटर्सले क्षेत्रीय तनावलाई ध्यानमा राख्दै नयाँ सूचना जारी नभएसम्म देशका सबै विमानस्थलको सम्पूर्ण हवाई यातायात र सेवा बन्द गरिएको जनाएको छ।

एक इजरायली अधिकारीले बीबीसीको अमेरिकी सम्बद्ध सीबीएस न्युजलाई बताएअनुसार इजरायली हवाई आक्रमण स्थानीय समय बिहान ५ बजेसम्म तेहरानमा जारी रह्यो।

समाचार एजेन्सी रोयटर्स र एएफपीले सिरियाली सरकारी मिडिया सानालाई उद्धृत गर्दै सिरियाको राजधानी दशमिकनजिकै विस्फोटको आवाज सुनिएको बताएका छन्।

सानालाई उद्धृत गर्दै रोयटर्सले उक्त हमलाले मध्य र दक्षिणी सिरियामा रहेका सैन्य अखडालाई लक्षित गरेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad