ग्लोबल


भारतमा बिहीबार पनि ८५ विमानलाई बमको धम्की

भारतमा बिहीबार पनि ८५ विमानलाई बमको धम्की

फाइल तस्बिर


नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १९:५३, काठमाडौँ

भारतमा विमानलाई बमले उडाइने धम्की दिने क्रम जारी छ। बिहीबार पनि ८५ वटा उडानमा बमको धम्की आएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

मिडिया रिपोर्टका अनुसार आज एयर इन्डियाका २०, इन्डिगोका २०, विस्ताराका २० र आकासाका २५ उडानमा बमका धम्की आएका हुन्। 

आकासा एअरले विज्ञप्ति जारी गर्दै भनेको छ– आज हाम्रा केही उडानमा सुरक्षा सतर्कता प्राप्त भएको छ। एयरलाइन्सका प्रतिक्रिया टोलीहरूले स्थानीय अधिकारीहरूसँग सुरक्षा र सुरक्षा प्रोटोकलहरू पछ्याउँदै छन्। गोवा अन्तर्राष्ट्रिय विमानस्थल (डाबोलिम) र गोवाको मनोहर अन्तर्राष्ट्रिय विमानस्थललाई आज उच्च सतर्कतामा राखिएको छ।

यी विमानस्थलमा अवतरण गर्ने चार उडानलाई बमको धम्की आएको थियो। त्यसपछि दुवै विमानस्थलका लागि बम थ्रेट एसेसमेन्ट कमिटी (बीटीएसी) गठन गरिएको थियो। पछिल्लो ११ दिनमा २५५ भन्दा बढी विमानमा बमको धम्की आएको छ। जसका कारण उड्डयन क्षेत्रलाई ६ सय करोडभन्दा बढीको नोक्सान भएको छ।

त्यसको एक दिन अघि अक्टोबर २३ मा आईटी मन्त्रालयले यी धम्कीका सम्बन्धमा सोसल मिडिया प्लेटफर्म एक्स, मेटा र एयरलाइन कम्पनीहरूसँग भर्चुअल बैठक गरेको थियो। सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई सोधेको थियो, ‘यी खतरनाक अफवाह फैलिनबाट रोक्न के गर्‍यौ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad