ग्लोबल


सिनवर मारिएपछि पनि युद्ध जारी राख्ने पक्षमा नेतन्याहु

सिनवर मारिएपछि पनि युद्ध जारी राख्ने पक्षमा नेतन्याहु

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १८:४३,

हमासका प्रमुख याया सिनवरको मृत्यु एक वर्ष लामो गाजा युद्धमा इजरायलले प्राप्त गरेको सबैभन्दा ठूलो सफलता हो। अब इजरायलले युद्ध रोक्नुपर्ने उसको सहयोगी अमेरिकाले बताएको छ।

तर, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले युद्ध समाप्त नभएको बताएका छन्।

‘युद्ध अझै सकिएको छैन। यो कठिन छ र यसको चर्को मूल्य हामी चुकाइरहेका छौँ,’ नेतन्याहुले भनेका छन्।

उनले युद्धको सुरुवातमा हमासको विनास र बन्दी फिर्ता गर्नु आफ्नो लक्ष्य भएको बताएका थिए। तर, एक वर्ष लामो युद्ध र ४२ हजार प्यालेस्टिनीहरूको संहारपछि पनि सो लक्ष्य इजरायलले प्राप्त गर्न सकेको छैन।

लगभग सम्पूर्ण नेतृत्वपंक्ति गुमाएर पनि हमास लडिरहेको छ। र, अझै करिब एक सय बन्धक उसको कब्जामा छन्।

इजरायलले तीमध्ये आधाजसो मारिइसकेको बताएको छ। 

इजरायली बन्धकका कतिपय परिवारले तत्काल वार्तामा बसेर बन्धक छुटाउन माग गरेका छन्।

‘नेतन्याहु, बन्धकलाई नपुर। मध्यस्थकर्तालाई भेट र पहल गर,’ बन्धक मतन जंगाउकरकी आमा ऐनव जंगाउकरको भनाइ बीबीसीले उधृत गरेको छ, ‘नेतन्याहुले यो क्षणको उपयोग गरेनन् भने यसको अर्थ हुन्छ उनले बन्धकहरूलाई बेवास्ता गर्ने निर्णय गरिसकेका छन्।’

थुप्रै इजरायली पनि नेतन्याहु युद्ध लम्ब्याउने पक्षमा रहेको ठान्छन्। खासगरी अक्टोबर ७ को आक्रमणमा भएको गम्भीर सुरक्षा गल्ती स्वीकार्ने दिन अझ पर धकेल्न र आफूमाथि लागेको भ्रष्टाचार आरोपको सुनुवाइ टार्न।

हमासका सदस्यहरूले पनि नेता मारिँदैमा युद्ध नरोकिने बताएका छन्। 

१९९० को दशकयता हमासका एकजनाबाहेक हरेक नेता इजरायलको हातबाट मारिएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad