ग्लोबल


ट्रम्पको र्‍यालीनजिकै दुई बन्दुकसहित एक व्यक्ति पक्राउ

ट्रम्पको र्‍यालीनजिकै दुई बन्दुकसहित एक व्यक्ति पक्राउ

डोनाल्ड ट्रम्प


नेपालखबर
असोज २८, २०८१ सोमबार ९:२२, काठमाडौँ

अमेरिकास्थित क्यालिफोर्नियाको कोचेलामा शनिबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको र्‍यालीनजिकै एक व्यक्तिलाई पक्राउ गरिएको छ।

ती व्यक्तिको साथबाट एउटा सट गन, एउटा ह्यान्ड गन (बन्दुक) र नक्कली राहदानी बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका ४९ वर्षीय व्यक्तिको नाम वेम मिलर हुन्। 

कालो रङको एसयूभी चलाउँदै गर्दा सुरक्षाकर्मीले उनलाई सुरक्षा चौकीनजिकै रोकेर जाँच गर्दा उनको साथमा हतियार फेला परेपछि पक्राउ गरिएको हो। 

रिभरसाइड काउन्टी प्रहरी कार्यालयले मिलरलाई हिरासतमा लिइएको जनाएको छ। मिलरलाई लोडेड बन्दुक र उच्च क्षमताको गोलाबारुद राखेको अभियोग लगाइएको छ।

अमेरिकी गुप्तचर सेवाले डोनाल्ड ट्रम्पको सुरक्षामा कुनै खतरा नरहेको बताएको छ। स्थानीय प्रहरीले पक्राउ परेका अभियुक्तलाई ‘मानसिक सन्तुलन’ नभएको बताएको छ।

प्रहरी कार्यालयका अनुसार यो घटनाले ट्रम्पको सुरक्षा वा र्‍यालीमा उनको उपस्थितिमा कुनै फरक परेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad