ग्लोबल


इजरायलले फेरि आक्रमण गर्‍यो, २२ जना मारिए : लेबनान

इजरायलले फेरि आक्रमण गर्‍यो, २२ जना मारिए : लेबनान

इजरायलले फेरि बेरुतलाई निशाना बनाएको छ।


नेपालखबर
असोज २५, २०८१ शुक्रबार ११:३५, काठमाडौँ

इजरायलले लेबनानमा फेरि आक्रमण गरेको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयले मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको र ११७ जना घाइते भएको दाबी गरेको छ।

बीबीसी संवाददाताहरूले राजधानी बेरुतको सिया बहुल क्षेत्र बाचौराबाट ठूलो विस्फोटको आवाज सुनिएको बताएका छन्। 

राहत र उद्धारकर्मीहरूले यहाँ भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकालिरहेको देखिएको छ। 

आक्रमणपछि धेरै एम्बुलेन्स अमेरिकन युनिभर्सिटी अस्पतालतर्फ गइरहेका देखिएका छन्।

एम्बुलेन्समा घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad