समाज


टीका लगाउने दिनको मौसम: यी तीनवटा प्रदेशका पहाडी क्षेत्रमा मात्र पानी पर्ने सम्भावना

टीका लगाउने दिनको मौसम: यी तीनवटा प्रदेशका पहाडी क्षेत्रमा मात्र पानी पर्ने सम्भावना

फाइल तस्बिर : सफा मौसम


नेपालखबर
असोज २५, २०८१ शुक्रबार ११:५५, काठमाडौँ

बडादसैँअन्तर्गत विजयादशमी अर्थात् टीका शनिबार (असोज २६ गते) हो। आज (असोज २५ गते) एकैदिन अष्टमी र नवमी दुवै पर्व परेकाले शनिबार विजयादशमी आउने भएको हो। 

उक्त दिन मानिसहरू आफ्ना मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्न विभिन्न ठाउँको यात्रामा निस्किन्छन्। 

यसैले सो दिन मौसम के कस्तो होला भन्ने आम चासो छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा कोसी प्रदेश पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसबाहेक शनिबार दिउँसो अन्य स्थानमा पानी पर्ने सम्भावना देखिएको छैन। 

यस्तै शनिबार राति देशभरका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

यस क्रममा कोसी प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

मौसम महाशाखाका अनुसार हाल कोसी प्रदेश, मधेस प्रदेशको अधिकांश स्थान र बागमती प्रदेशको पूर्वी क्षेत्रमा मात्र मनसुनी वायुको प्रभाव छ। देशका बाँकी ठाउँमा पश्चिमी वायुको प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad