ad ad

ग्लोबल


इजरायल र हिजबुल्लाह युद्ध : शनिबार के के भए?

इजरायल र हिजबुल्लाह युद्ध : शनिबार के के भए?

नेपालखबर
असोज २०, २०८१ आइतबार ७:१५, काठमाडौँ

–लेबनानमा इजरायलको स्थलगत कारबाही जारी छ। दक्षिणी लेबनानको सिमानामा आईडीएफ र हिजबुल्लाहबीच शनिबार पनि झडप भएको छ।

–बेरुतमा रातभर हवाई हमला गरेपछि इजरायलले शनिबार दिउँसो पनि आक्रमण जारी राखेको थियो। यसैबीच संयुक्त राष्ट्रसंघले इजरायली बमबारीका कारण लेबनानबाट दुई लाखभन्दा बढी मानिस सिरिया गएको जनाएको छ।

–लेबनानमा इजरायली आक्रमणमा हमासका दुई शीर्ष कमान्डर पनि मारिएका छन्। यसै क्रममा हिजबुल्लाहले इजरायलमा दर्जनौँ रकेट प्रहार गरेको छ। इजरायली सेनाले हिजबुल्लाहले शनिबार ९० वटा रकेट प्रहार गरेको र तीमध्ये अधिकांश खसालिएको बताएको छ।

–शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डी शनिबार बेरुत पुगेका छन्। उनले सामाजिक सञ्जालमा लेबनानले डरलाग्दो शरणार्थी संकटको सामना गरिरहेको बताएका छन्। 

–उनले लेखेका छन्, ‘इजरायली हवाई आक्रमणका कारण मानिसहरु घरबारविहीन र विपन्न भएका छन्। लेबनानी प्रशासनका अनुसार सेप्टेम्बर २३ यता इजरायली हवाई हमलामा हालसम्म ११ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। १२ लाखभन्दा बढी मानिस विस्थापित हुनुपरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .