ad ad

ग्लोबल


अमेरिकाले यमनमा हुथी विद्रोहीलाई निशाना बनाएर क्षेप्यास्त्र हान्यो

अमेरिकाले यमनमा हुथी विद्रोहीलाई निशाना बनाएर क्षेप्यास्त्र हान्यो

सांकेतिक तस्बिर


नेपालखबर
असोज १९, २०८१ शनिबार १०:५५, काठमाडौँ

अमेरिकी सेनाले यमनमा इरान समर्थित हुथी संगठनसँग जोडिएका १५ वटा लक्ष्यमा मिसाइल (क्षेप्यास्त्र) आक्रमण गरेको जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ‘आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न’ हवाई जहाज र युद्धपोतबाट आक्रमण गरेको जनाएको छ ।

बीबीसीका अनुसार राजधानी सानालगायत यमनको मुख्य सहरमा धेरै विस्फोटको आवाज सुनिएको छ।

नोभेम्बरदेखि, हुथी विद्रोहीहरूले रेड सागरमा झण्डै १०० जहाजमा आक्रमण गरी दुईवटा जहाज डुबेका छन्। विद्रोही समूहले गाजामा इजरायलको सैन्य कारबाहीको जवाफमा आक्रमण गरेको बताएको छ।

मध्यपूर्वमा अमेरिकी सैन्य कारबाहीको अनुगमन गर्ने सेन्ट्रल कमाण्डले हतियार प्रणाली, उनीहरुको अड्डा र हुथीसँग सम्बन्धित अन्य लक्ष्यहरूलाई निशाना बनाइएको बताएको छ।

हुथी समूहसँग सम्बन्धित सञ्चारमाध्यमले यमनको राजधानी साना र अन्य सहरलाई निशाना बनाएको बताएका छन्।

सोमबार, हुथी समूहले यमनमा अमेरिकी निर्मित एमक्यू-९ रिपर ड्रोन खसालेको बताएको थियो। अमेरिकी सेनाले मानवरहित विमान हराएको स्वीकार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .